साताको अन्तिम कारोबार नेप्सेमा २२ अंकको गिरावट
काठमाडौं, १९ माघ । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से २२.१२ अंकले गिरावट आएकाे छ । यस दिन नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ ।
बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ ।
यस दिन आदर्श लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मल्टिपर्पस फाइनान्सको पनि २.९६ प्रतिशतले बढेको छ। अन्य केहि म्युचुअल फण्डको इकाइमूल्यमा आज उच्च बृद्धि देखिन्छ।
यता सपोर्ट माइक्रोफाइनान्सको शेयमूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ भने सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत र रिडि पावरको ५.१३ प्रतिशतले घटेको छ।
बिहीबार स्ट्यान्डर्ड चाटर्ड बैंकको सबैभन्दा धेरै १० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ५ करोड ५० लाख र आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा बीमा कम्पनी र हाइड्रोपावर समूहको सूचक उच्च घटेको छ।