सुगम र चन्द्रको राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ सार्वजनिक
काठमाडाैं, २३ माघ । गायक सुगम पोखरेलको राष्ट्रिय भावनाले भरिएको नयाँ गीत ‘किन हुँदैन’ सार्वजनिक भएकाे छ ।
सहास शाक्यको संगीत तथा संगीत संयोजन रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाईले कोरेका हुन् ।
गीतको मुल मन्त्र भनेको स्वदेश वा बिदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार प्रसाईले नेपाललाई माया गर्न र गर्यो भने देशमै सबै संम्भव भएको भावना ब्यक्त गरेका छन् ।
गीतको आलाप आरसी रिमालले गाएका छन्, र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् ।
गीतको भिडियोमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सिता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुरी र सम्पादन नबिन निरौलाले गरेका हुन् ।
भिडियोको प्रोडक्शन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाई रहेकी छन् ।
भिडियोमा देशको गौरवको रुपमा रहेको बिभिन्न कलासंस्कृति समेत प्रस्तुत गरिएको छ ।