अवकाशप्राप्त शिक्षकको जीवनी ‘फूलबारी’ प्रदर्शन
काठमाडाैं, ५ फागुन । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी भित्र चलचित्र निर्माण भएकाे हाे ।
चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिनुभएको छ ।
सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ ।
यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको छ ।
‘फूलबारी’ मा अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारनै यसको मूल कथा हो । प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौँमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।