महाशिवरात्री तथा नेपाली सेनाको २६० औँ वार्षिक उत्सवमा सेनाको कौशल प्रर्दशनीको नजर गर्दै राष्ट्रपति (१५ तस्बिर)

काठमाडौं, ६ फागनु । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा नेपाली सेनाको २६० औँ वार्षिक उत्सवको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सरिक हुनुभएको छ । राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु र विशिष्ट व्यक्तिहरु पनि टुँडिखेल पुग्नु भएको थियो ।
सेनाले आ–आफ्नो कौशल प्रर्दशन गरेका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याउनु भएको थियो ।
तस्बिरः राष्ट्रपतिको सचिवालय