प्राधिकरणद्वारा गुण एयरलाइन्सका सबै उडानमा राेक

काठमाडाैं, ८ फागुन । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडानमा राेक लगाएकाे छ ।

गुण एयरलाइन्सले कर्मचारीलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडानमा राेक लगाएकाे हाे ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।

‘उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखियो’, उनले भने, ‘जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेका छौं।’

गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।