हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

मकवानपुर, १२ फागुन । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएकाे छ ।
हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो ।
आक्रमणबाट गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिनुभयो ।