साताको दोस्रो कारोबार सामान्य अंकले घट्यो नेप्से

काठमाडाैं, १५ फागुन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ३.६५ अंक घटेर २०२३.५४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५९ स्टकको ३७ हजार ३३८ पटकको कारोबारमा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको ५१ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.७३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशत बढेको छ यस दिन राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *