भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि सुरक्षित अवतरण
काठमाडौं, २५ फागुन । भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि सुरक्षित अवतरण गराइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान करिब २० मिनेटमा एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हाे।
विमानकाे इन्जिन अफ गराएर काठमाडौंमा नै अवतरण गराइएको छ भने विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएकाे छ ।