प्राधिकरणद्वारा श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

काठमाडाैं, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज आजदेखि ग्राउन्डेड गरेको छ ।

श्री एयरलाइन्सको जहाजले बिहिबार काठमाडौंबाट भैरहवा उडान गर्दैगर्दा इन्जिनमा आगो देखिएको घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको हाे ।

प्राधिकरणले घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्म श्री एयरका सबै जहाज ग्राउन्डेड गराएको जानकारी गराएको छ । यसबारे कम्पनीलाई पनि पत्र काटेर जानकारी गराएको प्राधिकरणले जनाएकाे छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।

आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।