रुसको लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर दुर्घटना

काठमाडौं, १ चैत । रुसको लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर दुर्घटना भएकाे अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला घटेकाे यस्ताे दुर्घटनाले दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।
मंगलबार रुसको एसयू-२७ लडाकु विमान र अमेरिकी मानवरहीत ड्रोन आकासमा उडिरहेकाबेला ठोक्किएर अमेरिकी ड्रोन ‘ब्ल्याक सी’मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडान भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।
रुसी अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।