पेरुमा सैन्य हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

काठमाडौं, १२ मङ्सिर । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन् ।

पेरुको रक्षा मन्त्रालयका अनुसार गस्ती तथा उद्धार अभियानका क्रममा दुर्गम नदी उपत्यकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा सवार नौ जना सैन्य कर्मचारीमध्ये आठ जनाको मृत्यु भएको र एक जना जीवित उद्धार गरिएको छ ।

जीवित उद्धार गरिएका पाइलट एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि राजधानी लिमा लगिएको मन्त्रालयले जनाएको छ ।

दुर्घटना पेरुको कोका उत्पादन क्षेत्रका रूपमा परिचित भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यकामा भएको हो । उक्त क्षेत्र लागुऔषध तस्करी तथा साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण लामो समयदेखि सुरक्षा चुनौतीपूर्ण मानिन्छ ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को हेलिकप्टर दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने प्रमुख मुलुकमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *