गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहसः महासचिव पोखरेल

काठमाडौं, ९ चैत । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा पनि जोड दिनुभयो । उहाँले १० दलीय गठबन्धन भत्काउन नलाग्ने भन्दै सरकारले देश र जनताका पक्षमा काम गरे साथ दिने पनि बताउनुभयो । ‘फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोचमा हामी छैनौँ,’ उहाँले भन्नुभयो, ‘एमालेले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने छ ।’