बेइजिङकाे एक अस्पतालमा आगो लाग्दा उनान्तीस जनाको मृत्यु

एजेन्सी, ६ वैशाख । बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी २९ जनाकाे मृत्यु भएकाे बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले पत्रकार सम्मेलन गरेर बताएका छन् ।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।

आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मंगलबार आगो सल्केको अनुमान गरिएको छ । बेइजिङ प्रहरीले मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।