मिसन ग्रासरूट अभियानमा एमाले महासचिवको समीक्षाः राजनीतिमा पैसावाल प्रवृत्ति हावी भयो
बुटवल, ७ वैशाख । बुटवल, वैशाख ८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताएका छन् । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । एमाले लुम्बिनी प्रदेशको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार बुटवलमा संवोधन गर्दै पोखरेलले भन्नुभयो, ‘चुनाव पैसाभएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझन जरूरी छ ।’
पूर्व मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले अब आउँदो निर्वाचनमा एमालेले बहुमतको सरकार बन्ने गरी अगाडि बढन आवश्यक रहेको समेत बताउनुभयो । ‘बहुमतको, सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’ महासचिव पोखरेलले भन्नुभयो, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ । पार्टीले उसको अभियान लाई नेतृत्व गर्नुपर्छ । बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने पोखरेलले दावी गर्नुभयो । पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै मतभेद नभएको दावी गर्नुभयो । पौडेल र पोखरेलबीच पार्टीमा को अगाडि जाने भन्ने प्रतिष्ठाको लडाइ भएको भन्ने यदाकदा चर्चा चलेको विषयप्रति संकेत गर्दै महासचिव पोखरेलले आफूहरूबीच पार्टीका हरेक काम सहमतिमै हुने गरेको स्पष्ट पार्नुभयो । एमाले लुम्बिनी प्रदेशको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार बुटवलमा संवोधन गर्दै पोखरेलले भन्नुभयो, ‘हरेक कुरामा विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं । आपसमा कुनै मतभेद छैन । तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन् ।’
एमालेको योजना सामाजिक संघसंस्थामा नेतृत्व दायी भुमिका हुने गरी योजना बनाउनुपर्ने पोखरेलको भनाइ छ । पार्टीको बिकल्प जनताले खोजेको विषयमा बिष्लेषण खोज्दै अगाडि बढनुपर्ने बताउँदै पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न र बलिया र पुराना राजनीतिक दल निर्माण हुन नदिने गरी कमजोर बनाउने खेल भइहेको पोखरेलले दावी समेत गर्नुभयो ।
जनताको सरोकारमा ध्यान जानुपर्छ भन्दै उहाँले जनतसंगको सम्बन्ध टुटन दिन नहुने भनाई राख्नुभयो । जनमत बृद्धिका लागि जनप्रतिनिधिलाई सफल बनाउनुपर्छ भन्दै उहाँले सही ढंगले परिचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘जनताका विषयका हामीले मुद्दा बनाउन नसक्दा जसले समाजलाई भड्काउछन जनता यदि बलिया र पुराना शक्ति जनसरोकारका मुद्दा बोक्न सकेनौ भने कमजोर हुनेछौं,’ उहाँले जनसरोकारका विषय पहिचान गरी पार्टीलाई परिचालन गराउनु पर्नेमा जोड दिनुभयो ।
‘जनप्रतिनिधिलाई अलोकप्रिय बनाउने आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारणले हामीलाई कमजोर बनाएको हो । यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्छ’ उहाँले भन्नुभयो । पार्टी नीतिगत हिसाबले, राजनीतिक हिसाबले, सांगठनिक हिसावले एक रहेको बताउँदै सार्वजनिक रूपमा जनप्रतिनिधिको टिकाटिप्पणी गर्नु आवश्यक नरहेको पोखरेलको भनाइ छ । मिसन, उद्वेश्य प्रति समर्पित हुनै पर्छ । पार्टीका पक्ष, नीति पक्षमा केन्द्रित हुनुपर्नेछ महासचिव पोखरेलको भनाइ छ ।