ढाकाकुमार माथिको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २५ वैशाख। प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठकाे रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै पार्टीले गरेकाे कारवाहीकाे तत्काल कार्यान्वयन नगर्न रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले तिनिधिसभा सदस्य श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेपछि श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै रिट दायर गरेका थिए ।