बजेटमा एमालेको प्रतिक्रियाः प्रचण्ड र महतजीको जोडीको गज्जबको आइडिया !

काठमाडौंँ, १५ जेठ । नेकपा (एमाले)ले आर्थिक वर्ष २०८०–८१ को बजेटले प्रदेश र स्थानीय तहलाई दायित्व थपेर अनुदान चाँहि गज्जबले कटौती गरेको भन्दै आलोचना गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।

‘हस्तान्तरण गरिएका भनिएका कार्यक्रम यथार्थमा हस्तान्तरण गरेको नभई बजेटको अभावमा केन्द्रवाट पन्छाइएका कार्यक्रम हुन्,’ उहाँले भन्नुभएको छ, ‘बजेट भाषण सुन्दा राम्रो सुनिने यथार्थतामा कार्यक्रम कटौतिको पीडाचाँहि प्रदेश र स्थानीय तहले व्यहोर्नुपर्ने गजबको आइडिया निकालेछन् प्रचण्ड र महतजीको जोडीले ।’