नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडाैं, १९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा आज बस्दैछ।

बैठक बिहान साढे ११ बजे बस्नलागेकाे हाे । बैठकमा नेकपा एमालेकाे वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची रहेकाे छ । आजको बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्नेछ ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।

गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो।

त्यस्तै केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना बनाएर केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरेको थियो।

एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको थियाे।

त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाएरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे । आजको बैठकले त्यसलाई अन्तिम रूप दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *