एमाले मुख्यालयमा सचिवालय बैठक सुरु
काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । एमाले मुख्यालयमा भर्खरै सुरु बैठकले महत्वपूर्ण निर्णय गर्ने एक नेताले जानकारी दिनुभयो । नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमण, बजेटलगायतका विषयमा पनि छलफल हुने बुझिएको छ ।