६ सचिवलाई प्रदेशको जिम्मा, थपिए १३ केन्द्रीय सदस्य
काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ । बैठकले सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी रघुबीर महासेठ, मधेशको योगेश भट्टराई र गण्डकीको गोकर्ण विष्टलाई दिएको छ ।
त्यसैगरी लुम्बिनीको जिम्मेवारी पद्मा अर्याल र कर्णालीको लेखराज भट्ट अनि सुदूरपश्चिमको छविलाल विश्वकर्मालाई तोकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।
थप गरेका केन्द्रीय सदस्यहरुमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यामबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन् ।