स्याङ्जाकाे गल्याङबाछ अवैध लागूऔषधसहित एकजना पक्राउ

स्याङ्जा, ५ असार । स्याङ्जाकाे गल्याङ नगरपालिका-१ राम्दीबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नोफिम ४० एम्पुलसहित कास्की पोखरा महानगरपालिका-१४ काजिपोखरी बस्ने २२ वर्षीय सुमन गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख ४७५१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

गुरुङलाई लागूऔषध सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।