कपिलवस्तुमा बस दुर्घटना, ६ जना घाइते
काठमाडौं, १५ असार । बझाङबाट काठमाडौं आउँदै गरेकाे नाइट बस कपिलवस्तुमा दुर्घटना भएको छ।
काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा विहान ५ बजे दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । बसमा चालिस यात्रु सवार थिए ।
घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेका छन् । उनीहरूको चनौटास्थित अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस तीव्र गति र मोड भएका कारण दुर्घटना भएको जनाएकाे छ ।