बाँकेको नेपालगञ्जस्थित कारागार भित्र मृत भेटिए कैदी

बाँके, २१ असार । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको हाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायका अनुसार मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताउनुभयो ।