गैरकानुनी रूपमा वैदेशिक रोजगारबाट फर्केका मजदुरले सुन ल्याएको आरोपमा १२ जना पक्राउ

काठमाडाैं, २५ असार । गैरकानुनी रूपमा वैदेशिक रोजगारबाट फर्केका मजदुरले सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हाे।

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स-साना परिमाणका सुनका गहना फेला परेका थिए।

वैदेशिक रोजगारबाट फर्केका सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *