सुन काण्डमा महरा बाउछोराको संलग्नताबारे छानविन गर्न एमालेको माग
काठमाडौंं, १० साउन । नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएको र उहाँमाथि छानविन नभएको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो आरोप लगाउनु भएको हो । विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका–स्वीटल सुन भित्र्याउने काम भइरहेको भन्दै गिरीले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाउनुभयो ।
सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानविन नभएको उनको भनाइ छ । ‘ठूला माछा उम्किएर हिँड्ने तर, साना माछा पक्राउ पर्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो ।