संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडाैं, ७ भदाै । संसदीय समितिका सभापति छान्न निर्वाचन हुने भएको छ।

निर्वाचन भदौ ११ गतेलाई ताेकिएकाे छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्नुहुनेछ ।

निर्वाचन भएसँगै संसदीय समितिहरूले सभापतिकाे नेतृत्व पाउने भएका छन्।

दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ।

संसदका ११ समितिका बैठक सभापति निर्वाचित नहुँदा जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए ।