सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए
काठमाडौं, ७ भदाै । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानबिनका गर्न मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको मन्त्रालयले जनाएको छ ।