अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

एजेन्सी, ८ भदाै । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा शुक्रबार आत्मसपर्पण गरेका हुन् ।

सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेकाे सिएनएनले जनाएकाे छ । जेल चलान भएको २० मिनेटमा उनी औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर दुई लाख डलर जमानतमा रिहा भइसकेको छ ।

ट्रम्पको मग सट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ। सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मग सट सार्वजनिक भएको यो पहिलो घटना हो। ट्रम्पले आत्मसमर्पण गरेको भने यो चौथो पटक हो।

यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए ।