वनभोज खान गएका दुईजना त्रिशूलीमा बेपत्ता

चितवन, ९ भदौ । वनभोज खान गएका दुईजना त्रिशूलीमा बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा मुख धुन गएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको खोजी भइरहेको जनाएकाे छ ।