अहिलेकाे गठबन्धन फोहोरी खेल खेल्ने संविधान विरोधी हुन् : अध्यक्ष केपी ओली

मोरङ, १० भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा सत्तारुढ दलले फोहोरी खेल खेलेको आरोप लगाउनुभएकाे छन् ।

विराटनगरमा कोसी प्रदेश संगठन कमिटीको साताैं पूर्ण बैठकका क्रममा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेका गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताउनुभएकाे हाे ।

प्रदेशमा सत्ता रुढ गठबन्धन संविधान विरोधी भएको बताउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘अहिले गठन्धन संविधानविरोधी हो। यो गठबन्धन लोकतान्त्रिक मूल्य–मान्यताविरोधी हो। लोकतान्त्रिक मूल्य–मान्यता अभ्यास आचरण गर्न चाहँदैन। हामीले पहिलेदेखि भन्दै आएको हो। तर, यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दा पनि संविधान मिच्यो भनेर विरोध गर्नेहरू अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भनेजस्तो गर्ने प्रवृत्ति देखिएको छ।’

प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रीय गठबन्धन चुपचाप बसेको उहाँले बताउनुभयाे । सर्वोच्च अदालतले समेत कोसीका गठबन्धन सरकारलाई अवैध घाेषणा गरेकाे उहाँकाे भनाइ छ। उहाँले भन्नुभयाे, ‘अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ। तैपनि, दलहरु त्यसलाई स्विकार्न चाहिरहेका छैनन्।’

अध्यक्ष ओलीले प्रदेशको नाम कोसी उपयुक्त भएको दाबी गर्नुभयाे। यद्यपि, पहिचानवादीहरूको असन्तुष्टिप्रति उहाँले भन्नुभयाे, ‘गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेका छन्। यहाँ सबै जातजाती किराँत, लिम्बूवान, मधेसी, थारु, शेर्पा सबैले न्याय पाउनुपर्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *