एमालेका लागि ऐतिहासिकस्थल सर्रे अम्वासमा ३४ वर्षपछि मुस्कानसहित शीर्ष नेताहरु (पाँच तस्बिर)

काठमाडौं, १३ भदौ । नेकपा (एमाले)को सचिवालय बैठक धनगढीमाई नगरपालिका–१४ को विष्णुपुरकट्टी सर्रेमा बसेको छ । २०४६ मा भएको नेकपा (एमाले) को चौथो महाधिवेशन यहि स्थानमा भएको थियो । त्यहि भएको बैठकबाट मदन भण्डारी महासचिव चयन हुनुभएको थियो ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । सोही स्थानमा एमालेले भदौ ९ मै बैठक राख्ने तयारी गरेको थियो तर अविरल वर्षाका कारण बैठक आजलाई सरेको थियो । आज पनि केही नेता चढेको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फर्किएपछि केही ढिला बैठक सुरु भएको हो । बैठकपछि बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको शिलान्यास गर्ने कार्यक्रम छ ।