जी २० मा भाग लिन जो बाइडन भारत आउँदै गर्दा सीले किन पठाउँदैछन् प्रधानमन्त्री ?

काठमाडौं, १९ फागुन । भारतमा यस वर्ष जी २० हुँदैछ । यो सम्मेलनमा सहभागी हुन विश्वभरका देशहरू यहि सेप्टेम्बर ९ देखि १० सम्म दिल्लीमा भेला हुनेछन्। सम्मेलनमा भाग लिन अमेरिी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि भारत आउने तयारी छ ।

तर, उक्त सम्मेलनमा भारतको छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ भने यो कार्यक्रममा सहभागी नहुने निश्चित जस्तै देखिएको छ । भारतीय चर्चित मिडियाहरुले पनि यी खवरहरु सार्वजनिक गरेका छन् । आजतकले पनि चीनका राष्ट्रपति नआउने खवरलाई प्राथमिकताका साथ छापेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले पनि भारतको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली चियाङ उक्त सम्मेलनमा सहभागी हुन दिल्ली जाने उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति सम्मेलनमा नआउने जानकारीसँगै अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना चिनियाँ समकक्षीले सम्मेलनमा सहभागी नहुने योजना बनाएकोमा आफू निराश भएको अभिव्यक्ति दिएको कुरा सार्वजनिक भएको छ ।

कम बोल्ने चीनले भारतमा हुने जी २० मा राष्ट्रपति किन नजाने भन्ने आधिकारिक जानकारी केही दिएको छैन । तर, यी दुई देशबीच हिमाली क्षेत्रमा विवादित सीमाका कारण तनाव बढेको र त्यहि विषयलाई लिएर सीले भारत भ्रमणमा चासो नदेखाएको अनुमान गरिएको छ ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले केही हप्ता अघि जारी गरेको नक्शामा अरुणाचल प्रदेशलगायतका धेरै भूभागलाई समेटेर चीनले नयाँ नक्सा सार्वजनिक गरको भन्दै भारतले बेइजिङसँग कडा आपत्ति जनाएको थियो । त्यसले पनि सीले जी सम्मेलनमा चासो नलेखाएको हुनसक्ने बुझिएको छ ।