सहमहामन्त्रीमाथि खुकुरी प्रहारको विरोध गर्दै तरूण दलले माग्याे गृहमन्त्रीकाे राजीनामा

काठमाडाैं, २२ भदाै । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएकाे खुकुरी प्रहारको विरोध गर्दै तरूण दलले गृहमन्त्रीकाे राजीनामा माग्दै प्रदर्शन गरेको छ।

घटनाको विरोध गर्दै रत्नपार्कको शान्तिबाटिकामा आज दिउँसो तरूण दलले प्रदर्शन गर्दै विरोध र्‍याली निकालेको हो।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, हाम्रो नेतामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ, उहाँको हत्या गर्ने प्रयास भएको छ, म गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, उहाँसँग मेरो व्यक्तिगत रिसइवी छैन, तर घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको टाउकोमा गहिराे चोट छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *