सरकार हिंसालाई प्रोत्साहित गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं, २५ भदाै । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार हिंसालाई प्रोत्साहित गरिरहेको बताउनुभएकाे छ ।

ताप्लेजुङका डिएसपीलाई परिवारसहित मार्छुभन्दा सरकारले कांग्रेस प्रदेश सभा सदस्य खगेनसिंह हाङगामलाई नियन्त्रणमा नलिएको भन्दै यस्ताे बताउनुभएकाे हाे ।

सोमबार तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयाे,‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिनँ भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिनँ तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन। सरकार आफैँले यस्ता अपराध बढाइरहेको छ। सपरिवार मार्छु भनेको छ,त्यस्ता मान्छेलाई नियन्त्रणमा लिइन्‍न’।

अध्यक्ष ओलीले नामै लिएर अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्छु भन्दा पनि सरकार कानमा तेल हालेर बसेको बताउनुभयाे । उहाँले संसदमा समेत हिंसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *