एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौँ, असोज ७ । अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदनमा केन्द्रित बहसमा नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ९ः०० बजेबाट सुरु हुने र केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मङ्गलबारसम्म ११८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखिसकेका छन्।
आज बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो। बैठकमा धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यका अनुसार आजै सबै केन्द्रीय सदस्यले धारणा राखिसक्ने अपेक्षा गरिएको छ। त्यसपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी गरिएको छ ।
सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
‘अमेरिकाज गट ट्यालेन्ट’ विजेता १६ वर्षीया थाई रकस्टार नेने रोयल प्रसिद्ध अमेरिकी ब्यान्ड ‘अभ्यान्ज्ड सेभेनफोल्ड’को कन्सर्टमा प्रस्तुत हुने
‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक’
भोटेकोशी बाढीको एक महिना :१ हजार ४५३ को मृत्यु ५ हजार ५५० अझै बेपत्ता, बाढीको घाउ उस्तै, हजारौँ परिवार प्रभावित
