२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी
काठमाडौँ, असोज ४ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।
क्लासिफिकेसन खेलअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-२० अङ्कले जितेको थियो ।
समूह चरणका दुवै खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल समूह चरणमा जापान र इन्डोनेसियासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो ।
