अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज

काठमाडौं। मर्दाको मलामी विहेको जन्ती भनेकै घर–छिमेक अनि साथीभाइ मिलेर बनेको समाज हो । जहाँ मर्दा–पर्दा हारगुहार हुन्छ। जिउंदामा जन्ती बन्ने गर्दछ । सुखमा तथा दुःख दुवैमा सहयोगी बन्ने माध्यम नै सामाजिक रुपमा बनेको समाज हो। यो समाज शब्द ल्याटिन भाषाको सोसियसबाट लिइएको हो । जसको अर्थ एक साथी, संघ वा संगति भन्ने हुन्छ । समाज एक भन्दा धेरै समुदायका मानिसहरूको समूह हो । ’समाज’ शब्दले गाउँ टोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समूहलाई बुझाउँछ ।

समाज भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको संख्या हो । यो विभिन्न जातजाति, धार्मिक, उमेर र वर्गका मानिसहरु मिलेर बनेको हुन्छ । समाज भूगोल, धर्म, संस्कृति आदिको आधारमा बनाइएको भए पनि वर्तमान समाज भने मिश्रित छ । समाजले एउटै रहन–सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह बुझाउँछ । सामाजिक सम्बन्धको एक प्रणाली समाजको सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै सम्बन्ध सामाजिक छैनन् । एक सामाजिक सम्बन्ध व्यक्तिहरुको बिच पारस्परिक जागरूकताको अर्थ हो । यो पारस्परिक जागरूकता प्रत्यक्ष र अप्रत्यक्ष हरेक सामाजिक सम्बन्धको विशेषता हो ।

जब एक समुदायको विभिन्न व्यक्तिहरु एक अर्कामा रुचि राख्छन् र आफैलाई केही भावनाहरुसंग बाध्य लाग्छ, उनीहरु आफैलाई एक समाजमा पाउँछन्। समाजको आयामको कुनै सीमा हुँदैन । एउटा ठूलो समाज भित्र धेरै साना एकाइहरु हुन सक्छन् र एक निश्चित व्यक्ति धेरै समाजको एक सदस्य हुन सक्छ । नेपालमा धेरै किसिमका समाज हुन्छन् जस्तैः आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदि । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो । समाज उपयोग र प्रणालीको अधिकार र धेरै समूहहरु र मानव व्यवहार र स्वतन्त्रताको नियन्त्रणको विभाजनको आपसी सहायताको प्रक्रिया हो । समाज एउटा संगठन हो । समाज मानव सम्बन्धको एक सञ्जाल हो ।

नेपालीहरुले नेपालमा धेरै यस्ता समाज बनाएर सामाजिक कार्य तथा क्रियाकलाप गर्दैआएका छन्। नेपाल वाहिर पनि नेपालीहरुको संगठनात्मक विभिन्न समाज गठन गर्ने कार्यले निरन्तरता पाएको छ। यसक्रममा विश्वको अति बैभबशाली मुलुक अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको हालै स्थापना भएको छ। ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमालको नेतृत्वमा काठमाडौं समाज यु.एस.ए.इन्कको स्थापना भएको हो। जसको प्रमुख उदेश्य भनेकै काठमाडौंवाट अमेरिका पुगेका नेपालीहरुको आपसी सदभाव, भाइचारा तथा सहयोगात्मक विकास अभिबृद्धि गर्न र गराउनु नै हो । जसमा उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिम्खडा र अमित पाण्डे छन्। कोषाध्यक्ष भुवन खत्री, सचिव एट्ना कार्की, सह–सचिव निरन प्रजापति छन्।

यस समाजमा दिग्गज नेपालको किङ अफ पप गायक ओमविक्रम विष्ट देखि तामाङ समाजका यु.एस.ए.का प्रेसिडेन्ट मोहन वाइबा, इभेन्ट अर्गनाइजर तथा सीपीए एवम् सामाजिक अभियन्ता पशुपति श्रेष्ठ, न्यू अमेरिकन भोटर्स एशोसियनका भाइस प्रेसिडेन्ट तथा रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका पूर्व प्रेसिडेन्ट तथा हामी नेपाली ग्लोबलका सिनियर भाइस प्रेसिडेन्ट नवराज केसी विशिष्ट सल्लाहकार छन्। विशिष्ट सल्लाहकारहरुको सल्लाह तथा मार्गनिर्देशन बमोजिम काठमाडौं समाज यु.एस.ए. इन्कले सांगठनिक विस्तार गरेर अभूतपूर्व कार्यक्रमहरु गर्दैजाने भएको छ। काठमाडौं समाज यु।एस।ए। इन्क अमेरिकामा नै पहिलो पल्ट स्थापना भएको काठमाडौंको समाज हो।