डिशहोम फाइवरनेटको नयाँ अफर “कनेक्सनको दोब्बर उत्सव”

काठमाडाैं, ३ असाेज । डिशहोम फाइवरनेटले आफ्नो ग्राहकहरुका लागि “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ ।

आउँदै गरेकाे चाडवाडको अवसर पारेर डिशहोमले फाइवरनेटमा “कनेक्सनको दोब्बर उत्सव” ल्याएकाे हाे ।

यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनुहुनेछ ।

यो अफर अन्तर्गत ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सक्नेछन् ।

५० एमबीपीएसकाे एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा पाउनेछन् । ७५ एमबीपीएसकाे एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मुल्यमा पाउनेछन् ।

त्यस्तै १०० एमबीपीएसकाे एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १०० एमबीपीएसको मुल्यमा पाउनेछन् । १५० एमबीपीएसकाे एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा ग्राहकहरूले प्राप्त गर्नेछन् ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट ग्राहकले रूचाइएकाे छ ।