हनुमानढोकामा ठड्याइयो इन्द्रजात्राको यःसिं, आजदेखि विधिवतरूपमा जात्रा सुरू(तस्बिरहरू)
काठमाडौं, ९ असाेज । हनुमानढोकाकाे दरबार क्षेत्रमा इन्द्रजात्राको यःसिं ठड्याइएसंगै आजदेखि विधिवतरूपमा इन्द्रजात्रा सुरू भएकाे छ ।
वर्षा र सहकालका देवता इन्द्रको नाममा मनाइने इन्द्रजात्राको आज १० बजेर ३७ मिनेटको शुभसाइतमा यःसिं ठड्याएर विधिवतरूपमा जात्रा सुरू भएकाे हाे।
समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हाे ।
यःसिं उठाएपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोलमा यात्रा गराइन्छ भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराइन्छ ।
जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक पर्व भएकाले इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।