बसन्तपुरको हनुमाढोकामा चार सय कुमारीको सामूहिक पूजा (तस्बिरहरु)

काठमाडौं, १० असाेज । इन्द्रजात्राकाे अवसर पारेर बसन्तपुरको हनुमाढोकामा जीवितदेवी कुमारीको विशेष पूजा गरिएको छ ।
आज इन्द्रजात्राकाे दोस्रो दिन बुधबार करिब चार सय कुमारीको विशेष पूजा गरिएकाे हो। इन्द्रजात्राको याे:सिं ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख-शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ । यस समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर विशेष गरी पूजा गर्ने प्रचलन छ।
इन्द्रजात्रा हिजो मंगलबारदेखि सुरु भएको छ। काठमाडाैंकाे बसन्तपुरमा विधिपूर्वक याे:सिं ठड्याएसँगै सुरु हुने यस जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
तस्बिरहरु….