पाकिस्तानमा डिएसपीसहित ५२ जनाको मृत्यु हुनेगरी आत्मघाती बिस्फोट

एजेन्सी, १२ असाेज । पाकिस्तानमा एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु हुनेगरी आत्मघाती बम बिस्फोट भइकाे छ ।

पाकिस्तानकाे बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको द डन समाचारले जनाएकाे छ । बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको जनाएकाे छ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताउनुभएको छ ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *