भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा तीन कलाकारले पाए सर्वश्रेष्ठ पुरस्कार

काठमाडौं, ३ कात्तिक । भारतका तीन कलाकारले भारतको राष्ट्रिय चलचित्र पुरस्कारकाे सर्वश्रेष्ठ पदक पाएका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा सर्वश्रेष्ठ पदक पाएका अल्लु अर्जुन, आलिया भट्ट, कृति सेनन लगायतका कलाकारले पुरस्कार ग्रहण गरे ।

पहिलोपटक अवार्ड ग्रहण गर्न राष्ट्रपति भवनमा पुगेका कलाकार उत्साहित देखिए । अभिनेत्री कृति सेननले फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड उचालिन् । ‘यो सबथोकका लागि भगवान् र फ्यानलाई धन्यवाद दिन्छु,’ पुरस्कार ग्रहणपछि कृतिले भनिन् ।

उनले अगाडि भनिन्, ‘मेरो प्रार्थना बल्ल सुनिएको छ । मलाई आशा छ, आजको यो दिन हजारौं सपना देख्ने र त्यसलाई साकार पार्न खोज्ने युवा र युवतीको जित समेत हो ।’

अल्लु अर्जुनलाई २०२१ मा फिल्म “पुष्पाः द राइज” मा उत्कृष्ट अभिनयको लागि उत्कृष्ट अभिनेताको अवार्डबाट सम्मानित गरिएको थियो। 

‘गंगुबाई काठियावाडी’ मा कृति सेननसँगको भूमिकाका लागि संयुक्त रूपमा अभिनेत्री आलियाले राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन ।

आर माधवन निर्देशित ‘रकेट्री : द नाम्बी इफेक्ट’ले सर्वश्रेष्ठ फिल्मको पुरस्कार जित्यो । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ले नरगिस दत्त अवार्ड जित्यो । वाहिदा रेहमानलाई दादा साहेब फाल्खे दीर्घ साधना सम्मान प्रदान गरियो ।

यी पुरस्कारहरू चलचित्र निर्माणको क्षेत्रमा एक उच्च सम्मानको रूपमा चिनिन्छन्, राष्ट्रको समृद्ध सिनेमाई टेपेस्ट्रीमा योगदान गर्ने व्यक्तिहरूको समर्पण र रचनात्मकतालाई ध्यानमा राखेर यस्ताे अवार्ड बितरण गरिन्छ ।

राष्ट्रिय चलचित्र पुरस्कार २०२३का विजेताहरूको सूची