काठमाडाैंकाे गोठाटारमा गोली चल्यो, पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएकाे छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिक र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीकाे गाेली लागेर भारतीय नागरिक घाइते भएका छन् । उनीहरूकाे साथबाट प्रहरीले २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ । उनीहरू लागु औषध कारोबारी भएकाे पनि बुझिएको छ ।