पाटन अस्पतालका चिकित्सकहरूले गरे आकस्मिकबाहेकका सेवा ठप्प
काठमाडौं, २१ कात्तिक । पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केही मिनेटमै मृत्यु भएको भन्दै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
मृतकका आफन्तले आक्रोशित वास्तविकता नबुझेर चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।
आन्दोलित आवासीय चिकित्सकहरूले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।