भारतकाे जम्मु-कश्मिरमा बस दुर्घटना, ३९ जनाको मृत्यु १७ जना घाइते

एजेन्सी ३० कात्तिक । भारतकाे जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने १७ जना घाइते भएका छन् ।

भारतीय सरकारी अधिकारीहरुका अनुसार बस घुम्तीमा नमोडिँदा सडकबाट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।