रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ जनाकाे अवस्था चिन्ताजनक

काठमाडौं, ४ मंसिर । रुकुम पश्चिममा जिप दुर्घटना भएकाे छ । जिप दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् भने ५ जना यात्रु चिन्ताजनक अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।

चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेहरुकाे उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा पठाइएकाे छ भने उद्धार कार्य अहिले पनि जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।