सिन्धुपाल्चोक र काभ्रेको संयुक्त सभा काभ्रेको कुन्ताबेसिमा हुने
सिन्धुपाल्चोक, १७ मंसिर । नेकपा एमालेको संमृद्धियात्रा अन्तरगत २४ गते सिन्धुपाल्चोक र काभ्रेको संयुक्त व्यवस्थापन तथा जनसहभागितामा काभ्रेको कुन्ताबेसीमा आमसभा हुने भएको छ ।
एमालेको संमृद्धियात्रा २४ गते नुवाकोटबाट सिन्धुपाल्चोक प्रवेश गर्ने र सिन्धुपाल्चोकको मेलम्चीमा खाना खाएर काभ्रेको कुन्ताबेसीमा दुई जिल्लाको संयुक्त व्यवस्थापन तथा जनसहभागितामा सभा गर्ने भएको हो ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारा सहित सुरु भएको नेकपा एमालेको १९ दिने कार्यक्रमको क्रममा सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सीमा क्षेत्रमा संयुक्त बृहत्त सभा आयोजना गर्नको लागि दुइ जिल्लाका नेता कार्यकर्ताहरु सशक्त रूपमा लागेका छन ।
२४ गते मेलम्ची नगरपालिकाको बाहुनेपाटी, सिन्धु काभ्रे सीमा क्षेत्रको सिपाघाट तथा काभ्रे मण्डन देउपुर नगरपालिकाको कुन्तावेसीमा यात्रामा रहेका पार्टी नेतृत्वलाई स्वागत को कार्यक्रम रहेको नेकपा एमाले मेलम्ची नगर कमितीका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारि दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि संकल्प यात्राको टोलीलाई २५ गते बलेफी गाउँपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको छ । २५ गते विहान खाडीचौरमा स्वागत तथा अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको बलेफी गाउँ पालिका कमिटी अध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारि दिनुभयो ।
एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत तथा सो अवसरमा आयोजना गर्न लागिएको बृहत्त सभाको चरणवद्ध रुपमा तयारीमा सिंगो जिल्ला पाटी लागिपरेको एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारि दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटीद्वारा आयोजित कम्युनिष्ट पार्टी ७५ बर्ष पूरा भएको अवसरमा झुलाघाट चिवा भञ्ज्याङ् मध्यपहाडी लोकमार्ग पदयात्राको सन्दर्भमा मंसिर २४ र २५ गते अध्यक्ष केपि शर्मा ओलि सहितको टीम सङ्ग बाहुनेपाटी र खाडिचौरमा हुने सभा, सात्क्षाकार तथा भेटघाट कार्यक्रमको तयारीमा पालिका तहमा नै योजना निर्माण भएको एमाले सिन्धुपाल्चोककले जनाएको छ ।
एमाले सिन्धुपाल्चोकको तयारी अनुसार बलेफी, बाह्रबिसे, सुनकोसी, जुगल, त्रिपुरा, लिसङ्खुपाखर, भोटेकोसीको खाडीचौरमा र चौतारा सागचोकगढीको पार्टी कमिटीले बन्देउ र सुकुटेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
२५ गते अध्यक्ष ओलीको सम्वोधन तथा साक्षात्कार कार्यक्रम खाडीचौरमा रहेको छ भने मेलम्ची, ईन्द्रावती, पाँचपोखरी र हेलम्वुको भने २४ गतेको कुन्ताबेसिको सभामा केन्द्रीत रहने निर्णय भएको छ । नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको हाे ।