साढे ६ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट विदेशी नागरिक पक्राउ
काठमाडौं, २४ मंसिर । साढे ६ केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी नागरिक पक्राउ परेका छन् ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीले उक्त सुन बरामद गरेको हो ।
फ्लाइ दुबईबाट शनिबार राति काठमाडाैं आएका इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई प्रहरीले साढे ६ केजी सुनसहित पक्राउ गरेकाे हाे ।
सुनसहित पक्राउ परेका सरिफ मोहमद लासिमलाई गौशाला प्रहरी वृत्त लगिएको छ । प्रहरीका अनुसार विस्तृत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।