भिजिट भिसा प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
काठमाडौँ, ३ पुस । भिजिट भिसा प्रकरणमा नक्कली कागजपत्र बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेकाे नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
निगमले यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरेकाे हाे ।
पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमले जनाएकाे छ ।
प्रहरीकाे अनुसन्धानबाट अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा भएकाे थियाे ।