प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

काठमाडौं, ४ पुस । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज सुनाइदैछ।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न आज बिहान ११ बजे संसदीय समितिको बैठक बोलाइएको छ।

गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो।

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन्।

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ।