नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला

चितवन, ९ पुस । नवलपरासी पूर्व (नवलपुर)को जंगलमा सासु-बुहारीको मृत अवस्थामा फेला परेको छ ।

विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरेमा स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो ।

प्रहरीले गएराति १० बजेतिर दुवै जना जंगलमा मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले उनीहरुको शव मध्यविन्दु अस्पतालमा परिक्षणका लागि राखिएको जनाएकाे छ ।